Breaking News

भारी मतान्तरले विजयी भएका रवि लामिछानेले लिए निर्वाचिन भएको प्रमाणपत्र

Banner

काठमाडौं, वैशाख १२-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । चितवन २ मा भारी मतान्तरले विजयी भएपछि उनलाई निर्वाचन कार्यालले प्रमाणपत्र प्रदान गरेको हो । अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत पाए ।

उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।

एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याएर तेस्रो बने । मंसिर ४ को चुनावमा रविले ४९ हजार ३०० मत प्राप्त गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>