Breaking News

ओलीको आरोप-प्रचण्ड र माधव नेपाल सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त पारे

Banner

काठमाडौं,वैशाख ९-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप लगाएका छन्। कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप लगाएका हुन् ।
उनले उनीहरुले कम्युनिष्ट पार्टीको झण्डा राख्नु नै विकार भएको टिप्पणी गरे।

उनले भने, ‘दुई तिहाई पुर्यायौं हामीले। पार्टी एकता गरेर। तर, टुप्पामा बस्ने नेताहरुलाई सहिसक्नु भएन र विके। यतिकै उनीहरुले कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। सस्तो मूल्यमा बिके। केकस्तो मुल्य उहाँहरुलै जान्नुहोला। बाहिरबाट देख्ने धेरै कुरा हामीले देखेका छौं। भित्रीकुरा उहाँहरुनै जान्नुहोला।’

उनले सबै पार्टीमा रहेका वामपन्थी र परिवर्तन चाहनेहरुलाई एमालेमा आउन आह्वान गरे।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>