अन्तर्राष्ट्रिय

‘मानव जातिको सुधार गर्न’ व्यापारीले २६ करोड रुपैयाँमा आफ्नो भ्रूण बेच्दै

Banner

वैशाख ८- 

मेक्सिकोका एक इन्फ्लुएन्सर तथा व्यापारीले आफ्नो भ्रूण बिक्रीमा रहेको जानकारी दिएका छन् । उनले सन्तान उत्पादनमा कठिनाइको सामना गरिरहेका दम्पतीलाई आफ्नो भ्रूण किन्न प्रस्ताव राखेका छन् । आफ्नो भ्रूणबाट असाध्यै राम्रो बच्चा जन्मिने पनि उनले दाबी गरेका छन् ।

अडिटी सेन्ट्रलका अनुसार पोन्चो डे निग्रिस, मेक्सिकोका टेलिभिजन प्रस्तोता, व्यवसायी तथा इन्फ्लुएन्सर हुन् । मेक्सिकोको चर्चित रियालिटी सो बिग ब्रदरमा देखिएपछि चर्चामा आएका थिए । उनी र उनकी श्रीमतीले भविष्यमा सन्तान उत्पादन गर्ने सम्भावनाका बीच आफ्नो दुई वटा भ्रूण फ्रिज गरेर राखेका थिए । अब त्यही दुई वटा भ्रूण उनले बिक्रीमा रहेको जानकारी दिएका छन् । मेक्सिकोका ती सेलिब्रिटीले भ्रूणको गुणस्तरमा आफूले ग्यारेन्टी दिने र यसले मानव जातिको सुधार गर्नेमा आफू ढुक्क रहेको बताएका छन् । उनले प्रत्येक भ्रूणको २ मिलियन डलर (२६ करोड रुपैयाँ) शुल्क तोकेका छन् ।

४६ वर्षका उनले आफ्नो भ्रूणका लागि मानिसबीच हानथाप हुने विश्वास राखेका छन् । उनी भन्छन्, ‘मेरो जिनको गुणस्तर निकै राम्रो छ । यसको म यस कारण पनि ग्यारेन्टी दिन सक्छु किनभने मेरी श्रीमती मार्सेला र मैले चार सन्तान जन्माएका छौँ । उनीहरूलाई देखेपछि सबै कुरा प्रस्ट हुन्छ ।’

निग्रिसले आफ्नो दुवै भ्रूण छोरीको भएको जानकारी दिँदै यसको गुणस्तरमा ग्यारेन्टी दिन विभिन्न जेनेटिक परीक्षण गरिएको समेत बताए । टेलिभिजन प्रस्तोताले भने, ‘मलाई र मेरी श्रीमतीलाई अब थप सन्तानको चाहना छैन त्यसैले मेरो फ्रोजन भ्रूणमा कसैको रुचि छ भने हामी सँगै बसेर कुरा गर्न सक्छौँ । ’ एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>