विचित्र संसार

चिट चोर्न नदिएको भन्दै क्याम्पसमा विद्यार्थीद्वारा तोडफोड र कुटपिट

Banner

बारा, बैशाख ७-

परीक्षामा चिट चोर्न नदिएको भन्दै विद्यार्थीले बाराको कलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसमा आज बुधवार बिहान तोडफोड गरेका छन् ।

स्नातक तह पहिलो वर्षको परीक्षा चलिरहेका बेला बिहान साढे १० बजे वीरगञ्जको हरिखेतान र ठाकुर राम क्याम्पसका विद्यार्थीले तोडफोड गरेका क्याम्पस प्रशासनले जनाएको छ । साथै विद्यार्थीले कुटपिट गर्दा क्याम्पस प्रमुख हरिभुषण कुश्वाहा र सुभाष तिमिल्सिना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कुटपिट र तोडफोडमा संलग्न तीन जना विद्यार्थी पक्राउ परेका छन् ।

विद्यार्थीले कुर्सी, बेन्च, मोटरसाइकलमा तोडफोड गरेका क्याम्पस प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>