Breaking News

अमेरिकाको दबावमा प्रचण्ड सरकारले रविलाई सफाई दियोः मोहनविक्रम सिंह

Banner

चितवन,बैशाख ६-

नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम ले अमेरिकाको दबावका कारण सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सफाई दिएको बताएका छन्। आज भरतपुरमा पत्रकारबीच कुराकानी गर्दै महामन्त्री सिंहले अमेरिकी दबावकै कारण सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सफाई दिएको दाबी समेत गरे।

‘दोहोरो राहदानीको कारण रविले चुनाव लड्न पाउँदैनन’ महामन्त्री सिंहले भने, ‘तर सरकारले अमेरिकी दबावमा रविविरुद्ध केही गर्न सकेको छैन।’ रवि अमेरिकी एजेन्ट भएको कारण अमेरिकाले रविविरुद्ध कुनै कदम नचाल्न सरकारमाथि दबाव दिइरहेको उनको दाबी छ। आफ्नो दाबीलाई पुष्टि गर्न उनले भने, ‘रविले दुईटा पासपोर्ट बोकेको स्वयं स्वीकारेका छन्। यस विषयमा सरकारले नै मुद्दा नचलाउने निर्णय ग¥यो। यो नाङ्गो प्रकारको अमेरिकी दबाव हो। प्रशासन र सरकार जोडिएका छन् यसमा।’

रवि लामिछानेलाई अमेरिकी एजेन्ट भनेर लगाइएको आरोप मिथ्या हो कि केही आधार छन् ? भन्ने पत्रकारको जिज्ञासामा जवाफ दिँदै महामन्त्री सिंहले भने, ‘अमेरिकामा बस्नेले रविलाई भोट मागेका छन्। भ्वाइस अफ अमेरिकाले रविकै पक्षमा भोट माग्ने काम गरेको छ। इसाई धर्मावलम्बीले रविलाई भोट मागेका छन्। यतिमात्र होइन, रविले एमसिसीको विरोध गरेका छैनन्। स्वर्णिम वाग्लेजस्ता एमसिसी पक्षधर रविसँग मिल्न पुगेका छन्। यिनै परिस्थितिजन्य कारणले गर्दा हामीले रविलाई अमेरिकी एजेन्ट भनेका हौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>