Breaking News

चितवन-२ र तनहुँ-१ का कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सभापति देउवाले ९ दललाई पठाए अनुरोध पत्र

Banner

काठमाडौँ, बैशाख ५-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन-२ र तनहुँ-१ मा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धन सम्बद्ध ९ दल अनुरोध पत्र पठाएका छन् । वैशाख १० गते उपनिर्वाचन हुने सत्ता गठबन्धन दलबाट तनहुँ– १ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठ कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धन सम्बद्ध ९ दल अनुरोध पत्र पठाएका हुन् ।

वैशाख ३ मा देउवाले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका अध्यक्षलाई अनुरोध पत्र पठाएका हुन् ।

‘गठबन्धन दलका यी उम्मेदवारहरूलाई विजयी गराउन आ–आफ्नो दलका तर्फबाट पार्टी पङ्क्तिलाई अझ प्रभावकारी परिचालन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर यो अनुरोध पत्र पठाएको छु,’ देउवाको पत्रमा उल्लेख छ,‘ उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारहरू विजयी गराएर गठबन्धनलाई राष्ट्रिय स्तरमा अझ कसिलो बनाएर अघि बढ्नु छ ।’

सत्ता गठबन्धन सम्बद्ध ९ दलका पंक्तिलाई अझ व्यापक परिचालन गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाउन सबै तहलाई आवश्यक निर्देशन र परिचालनका लागि देउवाको अनुरोध छ । नागरिक उन्मुक्ति पार्टीले चितवन–२ र तनहुँ १ मा पनि उम्मेदवार उठाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>