विज्ञान/प्रविधि

हुम्लाको कवाडीमा छैन मोबाइल नेटवर्क

Banner

हुम्ला, वैशाख ५-

हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य छन् ।

जिल्लाको दक्षिण भेगको सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ । सो क्षेत्रमा मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो ।

फोन आउँछ कि भनेर मोबाइल घरमा झुन्ड्याएर राखिएको होटल सञ्चालन गर्दै आएकी पञ्चाकली रोकायाले बताइन् । उनी भन्छिन्, ‘के गर्नु सर, झुन्ड्याएर राखेको ठाउँमा त कहिलेकाहीँ मात्र टावर आउँछ । आफन्तलाई कुरा गर्न पाइन्छ कि भनेर यसरी राखेको छौँ।’

बाजुराको कोल्टीमा ल्यान्डलाइन र एडीएसएलबाट कछुवा गतिमा इन्टरनेट सेवा चलेको छ ।

हुम्ला, मुगु र बाजुराका कतियपय स्थानमा नेपाल टेलिकमको नेटवर्क राम्रोसँग नचल्ने गरेको नागरिकको गुनासो छ ।बाजुरा, मुगु र हुम्लाका अधिकांश गाउँपालिकामा नेपाल टेलिकमले टावर राखेको पाइन्छ । अधिकांश स्थानमा टावर नटिप्ने समस्या देखिएको छ । रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>