Breaking News

चालक छतबाट लडेर गम्भीर घाइते भएपछि लामिछाने अस्पतालमै, बाराको चुनावी प्रचार रद्द

Banner

चितवन, वैशाख ४

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वनिर्धारित चुनावी प्रचार रोकेका छन्।

चितवन-२ मा रास्वपाबाट उम्मेदवार बनेका लामिछाने निजी सवारी चालक दिलबहादुर थापा घरको छतबाट लडेर गम्भीर घाइते भएपछि आज बारामा गर्ने भनिएका चुनावी प्रचारका कार्यक्रम सहभागी नभएका हुन्।

‘आज बिहान चितवनमा केही घरदैलो गरेर बारा जाने कार्यक्रम थियो तर घटना भएपछि उहाँ बारा नगएर चितवनमै हुनुहुन्छ,’ लामिछानेनिकट स्रोतले भन्यो,‘अस्पतालमा गएर ड्राइभरलाई भेट्नुभएको छ।’ उनी अहिले थापाको उपचार भइरहेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमै छन्।

बारा-२ मा उम्मेदवार रहेका रमेश खरेल र लामिछानेले आज ७ ठाउँमा कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>