समाचार

नयाँ वर्षको पहिलो दिन देवघाटमा स्नान गर्नेको भिड

Banner

चितवन, बैशाख १–

नयाँ वर्ष २०८० सालको पहिलो दिन आज पवित्र धार्मिक स्थल देवघाटमा स्नान गर्नेको भिड लागेको छ । बैशाख संक्रान्तिको अवसर पारेर त्रिशुली र कालिगण्डकीको संगमस्थल देवघाटधामको वेणीमा स्नान गर्ने धर्मावलम्बीको भिड लागेको हो ।

देवघाटको वेणीमा स्नान गर्नाले मोक्ष प्राप्त हुने विश्वास रहेको छ । स्नानका लागि बालबालिकादेखि बृद्धबृद्धासम्म देवघाट पुगेका छन् ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन भएकाले कालीगण्डकीका विभिन्न स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो ।

सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ। आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ। आज बिहानै स्नान गर्ने, घर, कोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ। नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>