भिडियो

प्रकाश र रितुको थारु भाषाको गीत ‘दुलही बनाके’ सार्वजनिक (भिडियो)

Banner

चितवन, चैत ३०–

गायक प्रकाश चौधरी र गायिका रितु चौधरीको थारु भाषाको गीत ‘दुलही बनाके’ सार्वजनिक भएको छ ।

सेबिल इन्टरटेनेमन्टको युट्युव च्यानल मार्फत बिहीबार गीतको भिडियो सार्वजनिक गरिएको हो । यस गीतमा गायक चौधरीकै शब्द र सन्तोष सुनारको संगीत रहेको छ ।

यस गीतको भिडियोमा चार जना मोडेलहरुलाई देख्न सकिन्छ । मनोज चौधरी, रेजिना चौधरी, सोनुप चौधरी र रितु चौधरीको अभिनय भिडियोमा देख्न सकिन्छ । भिडियोलाई रमेश चौधरीले छायाँकन र सम्पादन गरेका छन् ।

गायक प्रकाश चौधरीले यसअघि विभिन्न रोमान्टीक गीतहरु बजारमा ल्याई सकेका छन् । चितवन खैरहनी निवासी गायक चौधरीको यसअघि होलीको अवसरमा आइल होली के दिन बोलको होली गीत सार्वजनिक गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>