चितवन विशेष

किराना व्यवसायी संघ चितवनको भित्ते पात्रो विमोचन

Banner

चितवन, चैत ३०–

किराना व्यवसायी संघ चितवनले प्रकाशन गरेको नयाँ वर्ष २०८० को भित्तेपात्रो विमोचन गरिएको छ । आज (बिहीबार) एक कार्यक्रमकाबीच प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष शिरिष पन्तले भित्तेपात्रोको विमोचन गरेका हुन् ।

उद्योग वाणिज्य संघका वस्तुगत संघको संयोजक समेत रहेका पन्तले भित्तेपात्रो विमोचन गर्दै रचनात्मक कामहरु गर्दै आएकोमा किराना व्यवसायी संघलाई धन्यवाद दिए । उनले नयाँ वर्षको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै नयाँ वर्षमा व्यापार व्यवसाय राम्रो हुनेमा विश्वास व्यक्त गरे ।

किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रविन्द्र श्रेष्ठलगायतले नयाँ वर्षको शुभकामना दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>