समाचार

कैलालीमा एक वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल

Banner

धनगढी, चैत ३०-

कैलालीको धनगढीमा एक जना वृद्धको पेटभित्र रक्सीको बोतल भेटिएको छ। पेट दुख्यो भनेर अस्पतालका आएका धनगढी १४ की ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटमा रक्सीको बोतल भेटिएको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले जानकारी दिए।

‘भिडिओ एक्स रे गर्दा उहाँको पेटभित्र ८८४८ को क्वार्टरको बोतल देखिएको छ,’ शाहले भने। जवानसिंहको पेटभित्र उक्त बोतल कसरी पस्यो भन्नेबारे विस्तृतमा खुलिसकेको छैन। यसअघि गत महिना चितवनमा एक जना युवकको पेटभित्र पनि रक्सीको बोतल भेटिएको थियो।

फाइल तस्विर

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>