Breaking News

न्यायाधीश गिरीमाथि पत्नीको अर्को जाहेरी, डिभोर्सको मुद्दा चल्दाचल्दै यौनशोषण गरेको आरोप

Banner

काठमाडौं, चैत ३०-

न्यायपरिषद्का न्यायाधीश भुवन गिरीमाथि कान्छी पत्नी आरती रावलले अर्को जाहेरी दर्ता गरेकी छन् । उनले आफूमाथि श्रीमानले फेरि बलात्कार गरेको भन्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कालीमाटीमा हिजो जाहेरी दिएकी हुन् ।

३९ वर्षीय रावलले यसअघि गिरीमाथि वैवाहिक बलात्कार तथा घरेलु हिंसा गरेको आरोपमा जिल्ला प्रहरी कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले गिरीलाई जिल्ला अदालत कपिलवस्तुमार्फत पक्राउ पुर्जी जारी गरेको थियो ।

गिरीलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरी कपिलवस्तु पठाइसकेको छ । पक्राउ पुर्जी जारी भइसकेपछि पनि गिरीले आफ्नै कोठामा आएर बलात्कार गरेको भन्दै रावलले हिजो अर्को जाहेरी दिएकी हुन् ।

रावलले जाहेरीमा उल्लेख गरेअनुसार गिरीले उनलाई अस्ति फोन गरेर एकपटक जसरी पनि भेट्न आग्रह गरेका थिए । त्यसपछि उनीहरूको भेट सुन्धारास्थित काठमाडौं मलमा भएको थियो ।

भेटपश्चात आफ्नो मोबाइलसमेत कब्जामा लिएर गिरीले मुद्दा फिर्ता लिन दबाब दिएको रावलको आरोप छ । आफूले नमानेपछि पछ्याउँदै गोंगबुस्थित आफ्नो कोठामै आएको उनले बताएकी छन् । डिभोर्सको मुद्दा चलिसकेको अवस्थामा यदि श्रीमानले श्रीमतीलाई जबरजस्ती करणी गरेको खण्डमा त्यसलाई ‘वैवाहिक बलात्कार’ नभएर सिधै ‘बलात्कार’ मान्ने कानूनी व्यवस्था छ । त्यसमै टेकेर अहिले रावलले श्रीमानविरुद्ध बलात्कारको अर्को जाहेरी दिएकी हुन् ।

यता, गिरीले पनि रावलमाथि कुनै मुद्दा हाल्न बाँकी राखेका छैनन् । उनले आफ्नो कोठाबाट पैसा चोरी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए भने बाँके जिल्ला अदालतमा रावलमाथि मानहानीसम्वन्धी सात वटा मुद्दा हालेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>