समाज

न्यू होराइजनको मनोरञ्जनात्मक शिविर

Banner

चितवन, चैत ३०–

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित न्यू होराइजन इङलिस स्कुलले दुई दिने मनोरञ्जनात्मक शिविर सम्पन्न गरेको छ । स्कुलले चैत २६ र २७ गते स्कुल परिसरमा मनोरञ्जनात्मक शिविर आयोजना गरेको थियो ।

सिकाई कहरले होइन रहरले हुनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न मनोरञ्जनात्मक शिविर गरिएको स्कुलका अध्यक्ष श्रीधर घिमिरेले जानकारी दिए ।

‘शिक्षण सिकाई क्रियाकलाप रोचक र मनोरञ्जनात्मक हुनुपर्छ भन्ने त हामीले सुन्दै आएका छौँ । यस्तै क्रियाकलापमा आधारित शिक्षण सिकाई न्यू होराइजनमा हुँदै आएको छ’, उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>