मनोरञ्जन

भुवन केसीप्रति दीपकराज गिरीको आक्रोश– ‘यो अध्यक्ष आएदेखि जताततै लफडै लफडा’

Banner

काठमाडौँ, चैत २९

कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी आएपछि फिल्म क्षेत्रमा जताततै लफडै लफडा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो फिल्मको बक्स अफिस रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै आक्रोश पोखेका हुन् । बोर्डले सार्वजनिक गरेको फिल्मको आम्दानी रिपोर्ट समेत गलत रहेको धारणा उनको छ ।

उनले लेखेका छन्, ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा… ।’ बोर्डले बर्ष २०७९ को स्वदेशी र विदेशी गरेर १३२ फिल्मको सूचि हिजो मङ्गलवार सार्वजनिक गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>