Breaking News
बलात्कारको आरोपमा न्यायाधिश गिरी काठमाडौंबाट पक्राउ
०

काठमाडौँ, चैत २८–
बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएपछि न्यायाधिश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत साता जिल्ला अदालत कपिलवस्तुले गिरीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार गिरीलाई आज (मंगलबार) दिउँसो काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ गरिएको हो । उनलाई कपिलवस्तु पठाउने तयारी भइरहेको छ।
पछिल्लो समय गिरी न्याय परिषदमा कार्यरत थिए। यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश थिए। न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























