समाचार

सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक

Banner

काठमाडौं, चैत २८-

सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ। मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पेजबाट अनधिकृत रूपमा पोष्ट समेत भएको छ। अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन: नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको डिएसपी थापाले बताए।

‘एक्कासी बिहानदेखि समस्या आयो। प्राविधिक टोलीले पूरानै अवस्थामा फर्काउने प्रयास भइरहेको छ,’ उनले भने, ‘कसरी यस्तो भयो भनेर अध्ययन गरिरहेको छ।’ केही समय अघि नेपाली सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>