Breaking News
अरोमा कलेज भरतपुर बन्यो ‘एक्सपर्ट क्वीज च्याम्पियन’, उपाधिसंगै जित्यो ५० हजार

चितवन, चैत २६–
चितवनकै सर्वाधिक धनराशीको पहिलो संस्करणको ‘एक्सपर्ट क्वीज च्याम्पियन–२०२३’ को उपाधि भरतपुरको अरोमा कलेजले जितेको छ ।
आज (आइतबार) भएको फाइनल प्रतिस्पर्धामा चार वटा कलेजलाई पछि पार्दै अरोमा कलेजले उपाधि जितेको हो । अरोमाले उपाधिसंगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य विभिन्न उपहारहरु प्राप्त गर्यो । अरोमाबाट रोशन भण्डारी र जेनिश सुवेदी प्रतिस्पर्धा गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको कार्यक्रममा अरोमाले कुल १५५ अंक ल्याउन सफल भएको थियो ।
यस्तै भरतपुरको वाल्मीकि शिक्षा सदन फस्ट रनरअप बन्यो । अरोमा भन्दा ५ अंकले पछि पर्दै १५० अंकका साथ वाल्मीकि फस्ट रनरअप बनेको हो । उसले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य विभिन्न उपहारहरु प्राप्त ग¥यो । वाल्मीकिबाट सनिश सापकोटा र अर्चना न्यौपाने प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै पूर्वीचितवनको रत्ननगरस्थित नेपाल नमुना माध्यमिक विद्यालय सेकेण्ड रनरअप बन्यो । नेपाल नमुनाले कुल १२५ अंक प्राप्त गर्यो । उसले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य विभिन्न उपहारहरु प्राप्त गर्यो । नेपाल नमुनाबाट बालकृष्ण कार्की र चेतना शर्मा प्रतिस्पर्धामा उत्रिएका थिए ।
यस्तै भरतपुरको नारायणी पब्लिक कलेज र ग्रीनल्याण्ड पब्लिक स्कुल चौथो र पाँचौं स्थानमा चित्त बुझाए । नारायणीले ११५ र ग्रीनल्याण्डले ४० अंक प्राप्त गरे । उनीहरुले प्रमाणपत्रका साथै विभिन्न उपहारहरु प्राप्त गरे । नारायणी पब्लिकबाट हिमाल सुवेदी र अस्विन काफ्ले, ग्रीनल्याण्डबाट राजीव सेढाई र रश्मी आचार्य प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुन सफल विद्यार्थीहरुलाई युनाईटेड टेक्निकल कलेज भरतपुरले भर्ना शुल्कमा क्रमशः एक लाख, ८० हजार र ७० हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ । प्रतियोगितामा सहभागि अन्य ४८ वटा कलेजका विद्यार्थीहरुलाई भने ५० हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ । एक्सपर्टले पनि विद्यार्थीहरुलाई विभिन्न शुल्कमा छुट घोषणा गरेको छ ।
विजेताहरुलाई आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक राजु चौधरी, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनका अध्यक्ष घननाथ अर्याल, निर्देशक डिल्लीराम अधिकारी, ब्राइटन कलेज अष्ट्रेलिया र अष्ट्रेलियन स्कुल अफ एकाउण्टीङका रिजनल म्यानेजर मुकेश भण्डारी, शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल शर्मा सुवेदी, हिसान चितवनका अध्यक्ष दिपेन्द्र ढकालले विजेता तथा सहभागीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

फाइनल प्रतिस्पर्धाको बागमती प्रदेश सभा सदस्य उत्तम जोशीले समुद्घाटन गरेका थिए । कार्यक्रममा सहभागि दर्शकहरुलाई भरतपुर महानगरपालिकाको हालका मेयर र उपमेयरको नाम के हो ? भन्ने प्रश्न सोधेर कार्यक्रमको समुद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै सांसद जोशीले यस खालका कार्यक्रमले विद्यार्थीहरुको बौद्धिक क्षमताको विकास गर्ने बताए । पछिल्लो समय विद्यार्थीहरु विद्यालयको किताबी ज्ञानमा मात्रै सिमित रहेको भन्दै यसले बाहिरी विषयहरुमा पनि जानकार रहनु पर्छ भन्ने कुरालाई ध्यान दिन प्रेरिरत गर्ने बताए ।
कार्यक्रममा बोल्दै हिसान चितवनका अध्यक्ष दिपेन्द्र ढकालले एक्सपर्ट क्वीज च्याम्पियन चितवनकै नमुना कार्यक्रम बनेको बताए । उनले आगामि दिनमा यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भन्दै यसले विद्यार्थीको क्षमता विकासमा मद्धत पुग्ने बताए ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनका निर्देशक डिल्लीराम अधिकारीले चितवनका ४८ वटा कलेजबीचको प्रतिस्पर्धाले विद्यार्थीहरुलाई आफ्नो क्षमता निखार ल्याउनमा महत्वपूर्ण सावित बनेको बताए । उनले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यस खालको कार्यक्रम गर्नमा सदैव सहयोगीको रुपमा अघि बढ्ने प्रतिवद्धता जनाए ।
ब्राइटन कलेज अष्ट्रेलिया र अष्ट्रेलियन स्कुल अफ एकाउण्टीङ (एएसए) का रिजनल म्यानेजर मुकेश भण्डारीले नेपाली विद्यार्थीहरुको क्षमता बढाउन यस खालको कार्यक्रम उपयोगी बन्ने बताए । उनले अष्ट्रेलियामा रहेका आफ्ना कलेजहरुमा यहाँको विद्यार्थीहरु जान चाहे एक्सपर्टबाट उचित परामर्श गरिने बताए । उनले नेपालमै पनि उत्कृष्ट कलेजहरु रहेको भन्दै यहाँ पढ्न चाहने विद्यार्थीहरुलाई यही राम्रो वातावरण बनाउन आवश्यक रहेको भन्दै वैदेशिक उच्च शिक्षामा जान चाहनेलाई ब्राइटन र एएसए कलेजमा स्वागत गरिने बताए । उनले प्रतियोगिताको टप फाइभमा पुगेका टिमहरुलाई ब्राइटन र एएसए कलेजबाट विशेष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको समापन गर्दै नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक राजु चौधरीले अर्को वर्ष थप परिस्कृत गर्दै कार्यक्रम संचालन गर्दै दोस्रो सिजन आयोजना गर्ने घोषणा गरे । यो पहिलो प्रयासमा पनि धेरै राम्रो गर्न कोशित गरेको भन्दै आगामि संस्करणलाई थप राम्रो गर्ने प्रतिवद्धता जनाए । उनले कार्यक्रम संचालनका लागि सहयो गर्ने सबै सहयोगी संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गरे ।
फाइनल प्रतिस्पर्धाको प्रशारण सगरमाथा टेलिभिजन, चितवनको कालिका टिभी, नारायणी टिभी युट्युव च्यानल मार्फत सोमबार साँझ प्रशारण गरिनेछ ।
नारायणी एडभटाईजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनको प्रस्तुतीमा गत फागुन ५ गतेदेखि क्वीज संचालन गरिएको थियो । क्वीजमा चितवनका कुल ४८ वटा माध्यमिक विद्यालय तथा कलेजहरुको सहभागिता रहेको थियो । यस क्वीजलाई अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकामा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले प्रस्तुत गरेको थियो भने अष्ट्रेलियामा रहेको ब्राइटन कलेज र अष्ट्रेलियन स्कुल अफ एकाउण्टिङ (एएसए)ले सहकार्य गरेको थियो । पावर्ड बाइमा युनाइटेड टेक्निकल कलेज भरतपुरले सहकार्य गरेको थियो ।
यस्तै सहयोगी संस्थाहरुमा हिसान चितवन, वैष्णव, सगरमाथा टेलरिङ सटिङ एण्ड सुटिङ लायन्स चोक नारायणगढ, नेपो फर्निचर, हस्पिटालिटी पार्टनरमा होटेल सिराइँचुली, होटल ह्याप्पी होम कमलनगर नारायणगढ, साउण्ड पार्टनरमा एक्सीस साउण्ड सिस्टम एण्ड होम भरतपुर रहेका थिए । मिडिया पार्टनमा नारायणी अनलाइन, कालिका एफएम, सञ्चारपत्र दैनिक, सेतो नेपाल डटकम, ब्रोडकास्टिङ पार्टनमा टिभी कालिका एचडी र नारायणी टिभी रहेको छ ।


























