चितवन विशेष

निःशुल्क शिविरमा ३६० जनाको आँखा परीक्षण

Banner

चितवन, चैत २४–

भरतपुर महानगरपालिका वडा न ३ बाह्रघरेमा रहेको देउराली बचत तथा त्रण सहकारी संस्था लिमिटेडले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ३६० जनाले आँखा जाँच गरिएको छ ।

संस्थाको १४ औं वार्षिक उत्सवको अवसरमा सो शिविर आयोजना गरिएको हो । चितवन आँखा अस्पताल भरतपुरको प्राविधिक सहयोगमा आयोजित सो शिविरमा डा रविन्द्र सिङ ठकुरी, वरिष्ठ दृष्टि विशेषज्ञ किशोर गौतम लगायत विशेषज्ञहरुले आँखा जाँच गर्नुभएको थियो । वि.स. २०६६ साल चैत्र २५ गते स्थापना भएको सो संस्थामा ८१८ जना सेयर सदस्य रहेका छन् ।

संस्थाका अध्यक्ष नवीन रिजालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम मा पूर्व अध्यक्ष प्रदिप वाग्ले, निवर्तमान अध्यक्ष गुमान सिंह खड्का, सल्लाहकार अर्जुन अधिकारी, लेखा संयोजक महादेव पौडेल, चितवन आँखा अस्पतालका प्रमुख प्रदिप पौडेल, डा रविन्द्र सिह ठकुरी अतिथि रहनुभएको थियोे । कार्यक्रम उपाध्यक्ष केदारनाथ गौतमको संयोजकत्वमा सम्पन्न भयको हो । कार्यक्रम संस्थाकी सचिव मिठु गौतम सुवेदीले संचालन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>