चितवन विशेष

चितवनमा हात्तीको सुँड काट्नु मानवताविरुद्धको अपराध होः सांसद श्रेष्ठ

Banner

चितवन,चैत २४-

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले चितवनमा चञ्चलकली नामको हात्तीको सुँड काटिएको घटनामा संलग्नलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले सो घटना मानवताविरुद्धको अपराध भएको बताए ।

‘गत मंगलबार चितवनमा चञ्चलकली नाम गरेको ४५ वर्षीय हात्तीको निर्मम तरिकाले सुँड दुई टुक्रा हुने गरी काटिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको व्यवस्थाबमोजिम कारबाहीका लागि माग गर्दछु,’ श्रेष्ठले भने, ‘हामी मूल्य सबै कुराको बुझ्छौँ, तर महत्त्व बुझ्दैनौँ । अहिले विश्वकमा हिंसारहित पर्यटन चलिरहेको छ । यस्तोमा सुँड काटिएको हात्ती हेर्न कोही पर्यटक आउँदैन । त्यसैले यो मानवताविरुद्धको अपराध नै हो । म पर्यटनमन्त्री, वनमन्त्री र गृहमन्त्रीलाई यसतर्फ ध्यानाकर्षण गराउँदछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>