Breaking News

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, हल्का हिँडाउन थालियो

Banner

काठमाडौँ, चैत २४

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । अघिल्लो महिना फागुन ३ गते राति आफ्नै निवास काठमाडौँको बुद्धनगरमा ग्यास लिक हुँदा भएको आगलागीमा परि गम्भीर घाइते भएका भण्डारीको भारतमा उपचार भैरहेको छ ।

मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उहाँ निकट कांग्रेसका नेता माधव न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार भण्डारीको अनुहारको छाला राम्रो भइरहेको छ, बायाँ हातको पट्टी खोलिएको छ, ग्राफ्टिङ छालाले राम्रो काम गरिरहेको छ । भण्डारीलाई दिनमा तीन–चार पटक हल्का हिँडाउने पनि गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>