मनोरञ्जन

एकवर्षको कारागार बसाइपछि अभिनयमा फर्किए पल शाह

Banner

काठमाडौं, चैत २३

अभिनेता पल शाह एकवर्षपछि औपचारिकरुपमा काममा फर्किएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु भएको छ जसमा पल फिचर्ड छन् । रिहा भएपछि उनको यो म्युजिक भिडियो पहिलो सांगीतिक प्रोजेक्ट हो । एकवर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए ।

फेसबुकमार्फत एक तस्वीर सेयर गर्दै पलले मुस्ताङमा गीतको छायांकन भैरहेको जनाएका छन् । ‘आँसु बनि नखस कैले नि’ बोलको उक्त गीतको छायांकन सेटमा पल एक मोडलसँग देखिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>