खेलकुद

अर्जेन्टिना ६ वर्षपछि फिफा वरीयताको शीर्ष स्थानमा

Banner

काठमाडौं, चैत २३-

विश्व च्याम्पियन अर्जेन्टिना ६ वर्षपछि पिफा वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अपडेट गरेको नयाँ वरियतामा अर्जेन्टिनाले एक स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेको हो ।

अर्जेन्टिनाले गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेको थियो । विश्वकप फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको अर्जेन्टिनाले केही दिनअघि मैत्रीपूर्ण खेलमा पनामालाई २-० र कुराकाओलाई ७-० ले पराजित गरेको थियो ।

अर्जेन्टिना यसअघि २०१७ मा शीर्ष स्थानमा थियो । फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ । ब्राजिल भने तेस्रो स्थानमा झरेको छ । पछिल्लो पटक ब्राजिल मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २-१ ले पराजित भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>