मनोरञ्जन

अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने तयारीमा मंगोलियन हार्ट

Banner

काठमाडौं, चैत २३ –

नेपालको पुरानो र चर्चित ब्याण्ड ‘मंगोलियन हार्ट’ले अष्ट्रेलियाका विभिन्न आठ शहरमा सांगीतिक यात्रा गर्ने भएको छ।

अप्रिल १० बाट म्यूजिकल टुर सुरु हुने ब्यान्डका म्यानेजर तथा गिटारिस्ट बबी लामाले बताए । ‘हामी यही शुक्रबार नै नेपालबाट अष्ट्रेलिया प्रस्थान हुँदैछौँ,’ लामाले भने, ‘१० वर्षपछि अष्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौँ। त्यहाँ हामी दर्शकरस्रोतालाई सरप्राइज दिनेछौँ।’

टुर व्यवस्थापक नेपाली टच अष्ट्रेलियाका सीईओ दिपेश पुनका अनुसार ब्याण्डको पहिलो प्रस्तुति अप्रिल १० तारिखमा मेल्बर्नमा हुने छ । त्यसपछि १३ ताखिरमा ब्रिस्बन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर टुंगिनेछ।

यो ब्याण्ड ३० वर्षअघि सन् १९९२ मा स्थापना भएको हो। चर्चित गायक राजु लामा यही ब्याण्डमार्फत सांगीतिक क्षेत्रमा उदाएका हुन्। ब्याण्ड यात्रा ३० वर्ष पुगेको अवसरमा अष्ट्रेलिया टुर गर्न पाउँदा उत्साहित रहेको लामाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>