चितवन विशेष

वरिष्ठ कवि जोशीको कविता संग्रह ‘राज्यको भलो होस्’ विमोचन

Banner

चितवन, चैत २२–

वरिष्ठ कवि, गीतकार तथा साहित्यकार प्रभातकुमार जोशीको कविता संग्रह ‘राज्यको भलो होस्’ विमोचन गरिएको छ ।

बुधबार नारायणी कलामन्दिर नारायणगढमा एक कार्यक्रमकाबीच वरिष्ठ साहित्यकार प्रेम विनोद नन्दन, भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, गोविन्दराज विनोदी, कवि जोशीकी आमा दुर्गालक्ष्मी जोशी, माइजु कृष्णकुमारी पियालगायतले कविता संग्रहको विमोचन गरेका हुन् ।

यस कविता संग्रहलाई भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको हो । पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ कवि सृजन अविरलले पुस्तकको समीक्षा गरेका थिए । कार्यक्रममा भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया, कवि भूपिनलगायतले कविता संग्रहको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रम नारायणी कलामन्दिरका अध्यक्ष सुविर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>