चितवन विशेष
सौराहामा अज्ञात व्यक्तिद्वारा हात्तीमाथि आक्रमण, सुँड दुई टुक्रा
०

चितवन, चैत २२–
गएराति सौराहामा घरपालुवा हात्तीमाथि हतियार प्रहार भएको छ। राति करिब साढे ११ बजेतिर हात्तीमाथि आक्रमण गरिएको थियो। अज्ञात व्यक्तिले हात्तीको सुडमा हतियार प्रहार गरी सुँड दुई टुक्रा बनाएको हात्तिका मालिक दिपक खतिवडाले बताए ।
खतिवडाको ४५ वर्षिय चनचनकली नामको हात्तीलाई घरमा आएर आक्रमण गरीएको हो। हात्ती पीडाले कराएपछि हेर्न पुग्दा सुँड काटिएको अवस्थामा भेटिएको खतिवडाले बताए।
हात्तीमाथि आक्रमण भएको जानकारी प्राप्त हुनासाथ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राबिधिक किरन रिजालको टिम घटनास्थलमा पुगेको थियो । हात्तीलाई मार्ने उद्देश्यले हात्तीको सुँड काटिएको हुन सक्ने रिजालले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























