Breaking News

चितवनको कालिकाबाट सिक्किम भ्रमण गएका दुई जनाको हिमपहिरोमा परेर मृत्यु

Banner

चितवन, चैत २२–

पुर्वी चितवनको कालिका नगरपालिका–६ खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्थाबाट भारतको सिक्किम भ्रमण गएका मध्ये २ जनाको हिमपहिरोमा परेर मृत्यु भएको छ । नेपाली समय अनुसार हिजो दिउसो मंगलबार करिब १२ बजे सिक्किमको छिन्चु लेकमा पहिरोमा परि मृत्यु भएको सिक्किम प्रहरीले पुष्टी गरेको छ ।

कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले भ्रमण गएका दुई जनाको मृत्यु भएको र तीन जना घाइते भएको जानकारी दिए । हिँउमा फसेका नागरिकको उद्धार, मृतकको शव व्यवस्थापन र घाइतेको उपचारको लागि इलामका सिडिओ श्रवणकुमार पोखरेलसँग सहयोग मागेको उनले बताए । भ्रमण गएकाहरुसँग मेसेन्जरमार्फत कुरा भइरहेको उनले बताए ।

मृत्यु हुनेमा सोही सहकारीका सदस्य शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छ् । उनीहरु दुबै कालिका–६ खोलेसिमलका हुन् । लामिछाने सो संस्थाका कार्य समिति सदस्य समेत थिए । सो हिमपहिरोमा परि सो सस्थाका करिब १ दर्जन सदस्य घाइते भएका छन् भने ३ जनाको गम्भीर अबस्थामा उपचार भई रहेको प्रहरीले बताएको छ ।

सिक्किम स्थित अस्पतालमा उपचाररत हुनेहरूमा सो सहकारीका रमेश खनाल, ज्योति गुरुङ र गीता सापकोटा रहेका छन । पहिरोले सहकारीका २ जना सहित ७ जनाको मृत्यु भएको र घाइते १३ जना मध्ये ६ जना अस्पताल मै उपचाररत रहेको डिस्टिक्ट कलेक्टर, सिक्किमले बिज्ञप्तीमा जनाएको छ । सो सहकारीबाट २ वटा बसमा करिब ७० जना भ्रमण गएको बताईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>