Breaking News

रवि लामिछानेलाई राहदानी मुद्दा नचलाउने निर्णयविरुद्धको रिट अनिल सिन्हाको इजलासमा

Banner

काठमाडौं,चैत २१-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहादानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधिश अनिल सिन्हाको इजलासमा परेको छ । निवेदक युवराज पौडेलले आइतबार सर्वोच्चमा दिएको निवेदन सोमबार मुख्य रजिष्ट्रारले दर्ता गरेका थिए ।

उक्त रिटमाथि मंगलबार सर्वोच्चमा बहस हुने बताइएको छ । निवेदक पौडेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाऊँ भन्ने माग गरेका छन् ।

ुअमेरिकी नागरिकले नेपाली पासपोर्ट पाउने कानुनी व्यवस्था थिएन र छैन । निज रवि लामिछानेले आफू अमेरिकी नागरिक भएपश्चात नेपाली नागरिक भएको झुटो विवरण दिएर नेपाली राहदानी प्राप्त गर्ने जुन कार्य गरे सो कार्य राहदानीको दुरुपयोगयुक्त कसूरजन्य र दण्डनीय कार्य हो‚ पौडेलको रिटमा उल्लेख छ । यसअघि पौडेलले लामिछानेविरुद्ध जाहेरी दिएका थिए । तर महान्यायाधिवक्ताले मुद्दा चलाउने आधार नपुग्ने निर्णय गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>