चितवन विशेष
राप्रपाबाट चितवन २ को उम्मेदवार जीवलाल पुरी
०

चितवन,चैत १९-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन वटै क्षेत्रमा उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी पार्टीबाटै उम्मेदवार टुंगो लगाएको हो। चितवन २ मा जीवलाल पुरीलाई उम्मेदवार बनाउने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । यस्तै तनहुँ १ मा शोभा गुरूङ र बारा २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको उहाँले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























