मनोरञ्जन

बलिउड छाडेको चर्चाबीच करण प्रियंकाको जम्काभेटको भिडियो भाइरल

Banner

काठमाडौं, चैत १९

प्रियंका चोपडाले हालै एक पोडकास्टमा फोहोरी राजनीतिका कारण बलिउड छाड्नुपरेको बताइन् । त्यसपछि बलिउड स्टार कंगना रनौतले प्रियंकाको समर्थन गर्दै करण जोहरलाई दोष लगाएकी थिइन् । यसैबीच, सामाजिक सञ्जालमा प्रियंकाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी करण जोहरलाई अँगालो हालेको अवस्थामा देखिएकी छन् ।

प्रियंका शनिबार नीता मुकेश कल्चर सेन्टरको उद्घाटन समारोहमा पति निक जोनससँग पुगेकी थिइन् । उक्त कार्यक्रममा करण पनि पुगेका थिए, यो भिडियो त्यही बेलाको हो । भिडियोको सुरुमा करणले पहिलो पटक दीपिका र रणवीर सिंहलाई भेट्छन्, दुवैसँग कुरा गर्छन् । त्यसपछि करण प्रियंका र निकलाई भेट्न पुगे । प्रियंकाले उनलाई मुस्कान दिइन् र त्यसपछि दुवैले एकअर्कालाई अँगालो हालेका थिए ।

यो भेट यस्तो बेलामा भएको छ जतिबेला प्रियंकाले एक अमेरिकी पोडकास्टमा आफूले बलिउड राजनीतिको कारण भारत छाड्नुपरेको बताएकी थिइन् । प्रियंकाले बलिउड छाड्नुपछि करणतर्फ निशाना तेर्सिएको छ । यसको एक साताभित्रै प्रियंका र करणबीच जम्काभेट भएको हो । यी दुईको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>