Breaking News

पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको दुबई उडान ११ घण्टा डिले

Banner

काठमाडौँ, चैत १९-

पाइलट बिरामी पछिपछि नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान ११ घण्टा डिले भएको छ ।

शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको विमानको अहिले भर्खरै ‘डोर क्लोज’ गरिएको छ । यो जहाज दुबई उड्ने क्रममा छ ।

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार यस उडानमा तोकिएका एक पाइलटले बिरामी भएको रिर्पोटिङ गरेका थिए । विकल्पमा अर्को पाइलटसमेत उपलब्ध हुन नसकेपछि उडान ११ घण्टा सम्म डिले हुन पुगेको हो । ‘उडान रद्द भएको होइन, डिले भएको हो,’ उनले भने ।

वाइडबडी यो विमानबाट २६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए । उनीहरुलाई राति विभिन्न होटेलमा राखी बिहान विमानस्थल पुर्‍याइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>