चितवन विशेष

कपुरबोट डटकमका कार्यकारी सम्पादक काफ्लेलाई ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’

Banner

चितवन, चैत १७–

कपुरबोट डटकमका कार्यकारी सम्पादक विप्लव काफ्ले पुरस्कृत भएका छन् । रिपोर्टर्स क्लब नेपालको रजत महोत्सवको अवसरमा काफ्ले पुरस्कृत भएका हुन् । उनले ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ प्राप्त गरेका छन् ।

पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका थिए । काफ्ले डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी कालिका एफएमको समाचार प्रमुख, कायाकैरन दैनिकको समाचार सम्पादक, अभियान टिभिको समाचार प्रमुख भएर काम गरिसकेका थिए । रेडियो त्रिवेणी, क्रिष्टल टिभि लगायतका मिडियामा समेत काम गरेका थिए । कारोबार दैनिकको चितवन संवाददाता समेत रहेका काफ्लेले नेपाल प्रेस अनलाइन, सगरमाथा टिभिमा समेत चितवन संवाददाता बनेर काम गरे ।

नेपाल प्रेस युनियन चितवनको कोषाध्यक्ष रहेका काफ्ले पत्रकार महासंघ चितवनको कार्यसमिति सदस्य हुन् । चितवनका सामाजिक, आर्थिक, विकासका विषयमा कलम चलाउँदै आइरहेका छन् । पुरस्कार राशि १५ हजार रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>