चितवन विशेष

नारायणगढ-पथलैया सडकमा अर्को वर्ष दुई फ्लाइओभर बन्दै, वन्यजन्तुमैत्री हुने

Banner

चितवन,चैत १७-

नारायणगढ-पथलैया सडकमा नेपालमै पहिलोपटक नयाँ प्रकारको वन्यजन्तु मैत्री फ्लाइओभर निर्माण गरिने भएको छ। सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय (एसियाली विकास बैंक) का आयोजना उपप्रमुख राकेश महर्जनका अनुसार यो प्रकारको वन्यजन्तु मैत्री ओभरहेड ब्रिज नेपालकै पहिलो हो। उनका अनुसार अहिलेसम्म आयोजना लगभग २ वटा ओभरहेड ब्रिज निर्माण गर्ने योजनामा रहेको छ। आयोजनाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा गरी दुई वटा ओभरहेड ब्रिज निर्माण गर्ने योजना बनाएको उनले बताए।

वन्यजन्तुका कारण हुने सडक दुर्घटना तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन यसअघिका अन्य सडक आयोजनाहरुमा साना र ठूला अन्डरपास निर्माण हुने गरेको छ। तर यो आयोजनामा भने जंगल नमासिकन त्यहीँ माथिबाट सडक बन्नेछ। वन्यजन्तुको बासस्थान तथा जैविक मार्गमा बन्ने पूर्वाधार वन्यजन्तुमैत्री बनाउनका लागि सरकारले निर्देशिका समेत लागु गरेको कारण यसरी निकुञ्ज क्षेत्रमा सडकहरु निर्माण गर्दा यस्ता फ्लाइओभर राम्रो हुने महर्जन बताउँछन्।

‘अहिलेसम्म वन्यजन्तुमैत्री ओभरहेड ब्रिज बनेको छैन,’ उनले भने, ‘प्राय सबै सडक निकुञ्ज क्षेत्रको बीचबाट रुखहरु काटेर निर्माण भएका छन्। तर, यो सडकमा भने निकुञ्ज क्षेत्रमा ओभरहेड ब्रिज निर्माण हुन्छ।’ अहिले यसबारेमा निकुञ्ज र स्थानीयसँग छलफल भइरहेको महर्जनले बताए। निकुञ्ज र स्थानीयले कति लामो ओभरहेड ब्रिज निर्माण गर्ने भन्ने बारेमा निश्चित गर्न माग गरेको उनको भनाइ छ।

निर्देशिका अनुसार वन्यजन्तुमैत्री संरचना भन्नाले भायडक्ट, पुल, फ्लाइओभर, कल्भर्ट वा यस्तै प्रकृतिका पूर्वाधारको मुनिबाट वन्यजन्तु ओहोरदोहोर गर्न सक्ने अण्डरपास संरचना र भिलेज रोड ब्रिज, इको ब्रिज, क्यानोपी ब्रिज वा यस्तै प्रकृतिका पूर्वाधारको माथिबाट वन्यजन्तु ओहोरदोहोर गर्ने ओभरपास संरचनालाई बुझिन्छ। त्यसैले यस आयोजनामा फ्लाइओभरको लागि डिजाइन गर्न लागिएको महर्जनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>