Breaking News

चितवन २ मा एमालेबाट अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने, एकल नाम सिफारिस

Banner

चितवन, चैत १७–

आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं.२ मा नेकपा (एमाले)बाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने पक्का भएको छ ।

एमाले क्षेत्रीय कमिटीले न्यौपानेको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । जिल्ला कमिटीको आज बसेको बैठकले पनि सर्वसम्मत रुपमा न्यौपानेको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला उप–सचिव प्रकाश ढुंगानाले नारायणी अनलाइनलाई जानकारी दिए ।

यसअघि यस क्षेत्रबाट न्यौपानेसंगै पोल्ट्री विज्ञ डा.तिलचन्द्र भट्टराई, कालिका नगरपालिका पूर्व मेयर गोपी श्रेष्ठ र नेता तेजेन्द्र खड्काको नाम चर्चामा थियो । उपनिर्वाचनका लागि यही चैत २० गते मनोनयनपत्र दर्ता गर्ने तालिका रहेको छ । सोही कारण एमालेले आजै नाम टुंगो लगाएको हो हो । उपनिर्वाचनमा नेपाली कांग्रेसबाट चितवनका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उम्मेदवार बन्दैछन् ।

गत मंसिर ४ गते भएको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए । उनको नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि लामिछानको सांसद पद गुमेको थियो । त्यसै कारण चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>