मनोरञ्जन
इन्स्टाग्रामको फोटो हटाएसँगै सौगात र सृष्टिबीच ब्रेकअप भएको हल्ला

काठमाडौँ, चैत १६-
अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्लले केही समय अगाडि विवाह गर्ने चर्चा थियो । दुवैले मिडियामा केही समयको प्रेम विवाहमा परिणत गर्न लागेको बताएका थिए । तर अहिले यी दुबैबीच ब्रेकअप भएको हल्ला छ ।
यतिबेला सृष्टि परिवारसँग यूकेमा छिन् भने सौगात नेपालमै छन् । सृष्टिले सौगातसँगका तस्बिरहरू आफ्नो इन्स्टाग्रामबाट समेत हटाएको देख्न सकिन्छ । केही अगाडिसम्म दुवैको तस्बिर सृष्टिका इन्स्टाग्राममा थुप्रै भेटिन्थ्यो । तर, अहिले सृष्टिको इन्स्टाग्राममा सौगातसँगका कुनै पनि तस्बिर छैन ।
अहिले भने एक पनि तस्बिर नहुनुलाई यी दुईबीचको सम्बन्धमा खटपट आएको बुझ्न सकिन्छ । तर, यस विषयमा दुवैले आधिकारिक धारणा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।
सौगात र सृष्टि फिल्म ‘गाजलु’ बाट नजिकिएका थिए । त्यसपछि उनीहरू केही समय लिभिङ टूगेदरमा पनि रहे । फिल्म ‘राधा’ रिलिजको समय बिहे गर्ने बताएका यो जोडीको सम्बन्धले अहिले नयाँ मोड लिएको चर्चा छ ।