Breaking News

मन्त्रिमण्डल विस्तार आजै गरेर शपथ गराउने लक्ष्य छ: प्रधानमन्त्री प्रचण्ड

Banner

चितवन, चैत्र १६-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेर आजै शपथ पनि आजै गर्ने तयारीमा आफू रहेको बताएका छन् । बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सकभर आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने प्रयास भइरहेको बताएका हुन् ।

‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ’, उनले भने, ‘यदि आज सकिएन भने पनि भोलि बिहान होला, काम त हाम्रो सकिएको छ ।’ उनले एक दुई वटा मन्त्रालय मिलाउन बाँकी भए पनि अरू टुङ्गिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>