Breaking News

चितवन २ मा जीत नारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

Banner

नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन २ मा जीत नारायण श्रेष्ठ र तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन २ मा जीत नारायण श्रेष्ठ र तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार बारा २ मा भने कांग्रेसले उम्मेदवार तय गरेको छैन । सो क्षेत्रमा जसपालाई सघाउने कांग्रेसको तयारी छ । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यस्तै रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>