Breaking News

पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पियाधुरा जोगाउन सकिन्छः मेयर शाह

Banner

काठमाडौं, चैत १५-

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भएका सभ्यताहरूको जगेर्ना गर्ने कुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधवारबाट शुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पियाधुरा जोगाउन सकिने बताए ।

उनले भने, ‘बागमती सभ्यता जोगाउन खोज्दै छौँ । यो मान्छे भन्दा अघिको सभ्यता हो । त्यसको लागि हिजो मात्रै अनुरोध गरेका थिएँ । पहिला
भएका सम्पत्ति जोगाऊँ । त्यसपछि लिपुलेक जोगाउँला, लिम्पियाधुरा पनि जोगाउँला
।’

मेयर साहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभई पालिका पालिकामा छ भन्ने अनुभूति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>