Breaking News
चैतेदशैँको अवसरमा विक्रमबाबा मेलामा भक्तजनको घुइँचो (फोटो फिचर)
०

चितवन, चैत १५
चैतेदशैँको अवसरमा आज विक्रमबाबा मेलामा भक्तजनको घुइँचो लागेको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा चैत ७ गते मङ्गलबार पूजा भएपछि मेला सुरु भएको हो । मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ ।
हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रम बाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्न थालेका छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रम बाबाको पूजा गर्ने प्रचलन छ ।




तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























