मनोरञ्जन

गायक दुर्गेशले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी गरेका ह्यान्सी ब्रोले आरोप फिर्ता लिए, उल्टै माफी मागे

Banner

काठमाडौं, चैत १५-

गायक दुर्गेश थापाले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी गरेका ह्यान्सी ब्रो उर्फ रिदम क्षेत्रीले आरोप फिर्ता लिएका छन् । उनले दुर्गेशसँग माफीसमेत मागे । टोखामा भएको म्युजिक भिडियो कलाकारहरूको पिकनिकका क्रममा आफूमाथि कुटपिट भएको भन्दै रिदमले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए । त्यसमा उनले दुर्गेशसहित तीन जनालाई विपक्षी बनाएका थिए ।

प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । दुवैले अब एक–अर्का विरुद्ध नबोल्ने भनेर मिलापत्र गरेका छन् । प्रहरी स्रोतका अनुसार कुराकानीका दौरान आफूले अरूको उक्साहटमा दुर्गेशमाथि जथाभाबी बोलेको भन्दै माफी मागेका थिए ।

‘दाइ सरी, आइन्दा अरूको उक्साहटमा लागेर तपाईँको विषयमा म केही पनि बोल्ने छैन,’ रिदमको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले सुनायो । दुर्गेशले पनि अब आइन्दा यो विषयलाई इस्यू नबनाउने प्रतिबद्धता जनाएका छन् ।

दुवैबीच भएको लिखित मिलापत्रमा अब आइन्दा एक–अर्का विरुद्ध कुनै टीकाटिप्पणी नगर्ने उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>