मनोरञ्जन

शोमा माधुरी दीक्षितको अपमान गरेको देखेर रिसाइन् जया बच्चनः अभिनेतालाई भनिन् पागल

Banner

भारत, चैत १५

नेटफ्लिक्सको चर्चित शो ‘द बिग ब्याङ थ्योरी’ को दोस्रो सिजनको पहिलो एपिसोडमा माधुरी दीक्षित ‘यौनकर्मी’ भनिएको छ । अब अभिनेत्री तथा राजनीतिज्ञ जया बच्चनले यो भद्दा टिप्पणीलाई लिएर प्रतिक्रिया दिएकी छिन् । उनले शोमा राजको भूमिका निभाएका कुणाल नय्यरलाई पागल भनेकी छिन् भने उनीमाथि आक्रोश व्यक्त गरेकी छिन् । टिभीमा शोको यो सिजन सन् २००८ मा देखाइएको थियो । यसका लागि १५ वर्षपछि अब लेखक तथा राजनीतिक विश्लेषक मिथुन विजय कुमार नामका व्यक्तिले ओटीटी प्लेटफर्मलाई कानुनी सूचना पठाएका छन् ।

ऐश्वर्या र माधुरीबीच तुलना गरिएको थियो

वास्तवमा, बिग ब्याङ थ्योरीको एक दृश्यमा, जिम पार्सन्सको चरित्रले ऐश्वर्या राय बच्चन र माधुरी दीक्षितको तुलना गर्दछ । उनी भन्छन्, ‘के उनी ऐश्वर्या राय बच्चन हुन् ? मलाई लाग्छ उनी गरिबकी माधुरी दीक्षित हुन् । ’ यो सुनेर कुणाल नय्यर अर्थात् राजको पात्र रुष्ट हुन्छन् । त्यसपछि उनले भन्छन्, ‘ऐश्वर्या त देवी हुन् । उनको तुलनामा माधुरी त लेप्रोसी प्रोस्टिट्युट हुन् ।’ स्मरण रहोस्। लेप्रोसी भएको कुष्ठ रोगी र प्रोस्टिट्युटको अर्थ ‘यौनकर्मी’ हो ।

के यो केटा सानो बच्चा हो ? जया बच्चन

इटाइम्ससँगको कुराकानीमा जयाले भनिन्, ‘यो केटा (कुणाल नय्यर) सानो बच्चा हो, पागल हो ? असाध्यै फोहोर बोली । यो केटालाई त पागलखाना पठाउनुपर्छ । यसको परिवारलाई यो भद्दा प्रतिक्रियाबारे के सोच्नुहुन्छ भनेर सोध्नुपर्छ ।’ उर्मिला मातोन्डकरले भनिन्, ‘यसले मानिसको फोहोरी मानसिकता देखाउँछ’

उर्मिला मातोन्डकरले पनि यो कमेन्टमा असन्तुष्टि व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘मैले यो शो हेरेको छैन तर यस्तो आपत्तिजनक शब्दको प्रयोग भएको छ । यसले मानिसको मानसिकता कति फोहोर छ भनेर दर्साउँछ । उनलाई के यो मजाक राम्रो लाग्छ ?’

शोको एपिसोड हटाउने माग गरियो

लेखक तथा राजनीतिक विश्लेषक मिथुन विजय कुमारले स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सलाई सूचना पठाएको छ । नोटिसमा मिथुन विजयले भने, ‘शोको पात्र राजको कमेन्ट आपत्तिजनक मात्रै होइन, अपमानजनक पनि छ । यस्तो खालको सामग्रीले समाजमा नकारात्मक प्रभाव पार्छ र महिलाप्रति खराब आचरणलाई प्रश्रय दिन्छ । यो कुनै पनि हालतमा सह्य छैन ।’

नोटिसमा, मिथुनले नेटफ्लिक्सलाई आफ्नो शोबाट यो एपिसोड तुरुन्तै हटाउन माग गरेका छन्, अन्यथा ओटीटी प्लेटफर्ममा महिला विरुद्ध भेदभावलाई बढावा दिएको भन्दै कानुनी कारबाही गरिने चेतावनी पनि दिएका छन् । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>