मनोरञ्जन

कुटपिट गरेको भन्दै दुर्गेश थापाविरुद्ध प्रहरीमा पर्‍यो उजुरी

Banner

काठमाडौं,चैत १३-

कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । प्रहरीको महाराजगञ्ज वृत्तमा उनीमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दिएका हुन् । शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा आफूमाथि थापासहितका ३ जनाले कुटपिट गरेको रिदम क्षेत्रले बताए ।

‘दुर्गेशसहित तीन जनाले मलाई एक्कासि हातपात गरे । मेरो सिक्रीसमेत हराएको छ । सिक्री रकमसहित भराइपाउँ भनेर मैले उजुरी दिएको हो,’ क्षेत्रीले भने । वृत्तका डीएसपी अंगुर जीसीले दुवै पक्षलाई बोलाएर छलफल गर्ने तयारी भएको बताए । कलाकार दुर्गेश थापा विवादमा पर्दै आएका कलाकार हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>