मनोरञ्जन

अध्यक्ष माधव, झलनाथसहितका नेताले हेरे ‘छक्कापञ्जा ४’, फिल्म राम्रो बनेको र मन परेको प्रतिक्रिया

Banner

काठमाडौं, चैत १२-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले कीर्तिपुर पुगेर फिल्म ‘छक्कापञ्जा ४’ हेरेका छन् । आज (आइतबार) यस पोलिटिकल ड्रामा हेर्न नेपाल, खनालसहित एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पूर्वपर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत मध्यान्ह कीर्तिपुर सिनेप्लेक्स पुगेका थिए । उनीहरुले त्यहाँ दिउँसो साढे १२ बजेको शोमा फिल्म हेरेका थिए । यस फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला र बेनिशा हमालको शीर्ष भूमिका लगायतको भुमिका रहेको छ ।

नेताहरुको यो हाइप्रोफाइल शोमा भाग लिन दीपाश्री, कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री बेनिशा हमाल पनि कीर्तिपुर पुगेका थिए ।

फिल्म हेरिसकेपछि नेता नेपाल र खनालले फिल्म मन परेको प्रतिक्रिया दिएको निर्माता शर्माले जानकारी दिए । ‘नेताहरुले फिल्म राम्रो बनेको र मन परेको बताउनुभयो,’ उनले भने । दर्शकसँगै हलको अघिल्लो लहरमा बसेर उनीहरुले फिल्म हेरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>