चितवन विशेष
सेन्ट्रल कलेज चितवनले न्यूनतम लागतमा जापान पठाउने

चितवन,१२ चैत ।
चितवनको सेन्ट्रल कलेजले न्यूनतम लागतमा जापान पठाउने भएको छ । उच्च शिक्षा तथा वर्किङमा जापान जान चाहाने विद्यार्थीलाई न्यूनतम लागतमा जापान पठाउने भएको हो । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले सूचना जारी गर्दै उत्पीडित दलित,आदिवासी जनजाति,मुस्लिम,पिछडिएका समुदाय लगायत गरिव तथा जेहेन्दार विद्यार्थी र खेलाडीहरुलाई स्कलरसिप र छुटको व्यवस्था रहेको जानकारी दिनुभयो । कलेजले लामो समयदेखि जापनिजद्धारा नै निःशुल्क भाषा पढाउँदै आइरहेको छ ।
मुख्य कार्यालय प्रेसमार्ग शहिदचोक नारायणगढमा मे महिना २०२३ देखि जापनिजद्धारा जापनिज भाषा अध्यापन गराइनेछ । जापानको टोकियोबाट आउने जापानिज शिक्षक साइतो सिगेरुले विद्यार्थीलाई भाषा कक्षा पढाउनुहुनेछ । सिगेरु सन् २०१२ देखि २०१८ सम्म नियमित रुपमा सेन्ट्रल कलेजमा आएर अध्यापन गराउनुभएको थियो । तीन बर्ष कोरोनाका कारण उहाँ आउन सक्नुभएको थिएन । जापनिज शिक्षक सिगेरुले प्रत्येक्ष विद्यार्थीलाई कक्षा लिनुहुनेछ भने शिक्षकहरुलाई पनि भाषा कक्षाको थप प्रशिक्षण दिनुहुनेछ ।
शैक्षिक परामर्शदाताको रुपमा स्थापित संस्था सेन्ट्रल कलेज चितवनले जापानमा पनि आफ्नो कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । कलेजले जापानको नागोया सहरमा आफ्नो जापान कार्यालय सञ्चालनमा ल्याएर सेवा प्रदान गर्न सुरु गरेको हो । यसैविच सेन्ट्रल कलेजले बिद्यार्थीका लागि आफ्नै बस सेवा सुरु गर्ने अन्तिम तयारी गरेको छ । चितवन र नवलपुरका विभिन्न क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर कलेजले बस सेवा सुरु गर्न लागेको हो ।
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ । बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले पछिल्लो समय साउथ कोरियामा अध्यननका लागि जान चाहाने विद्यार्थीलाई पनि लक्षित गरेर धमाधम आइएलटिएस तथा भाषा कक्षाहरुसंचालन गरिरहेको छ ।
प्रिन्सिपल पौडेलकाअनुसार कलेजमा चितवनलगायत बुटवल, कावासोती, पोखरा, हेटौँडा, दमौली र आसपासका विद्यार्थी अध्ययनरत छन् । निकट भबिष्यमा नै कलेजले भरतपुरको लायन्सचोकमा आफ्नै भवन निर्माण गरेर विद्यार्थीलाई अध्ययन अध्यापन गराउने तयारी गरिरहेको छ ।


























