Breaking News

प्रचण्ड-देउवाले मलाई बोलाएर अर्थमन्त्री बन्न भन्नुभएको कुरा सत्य हैन

Banner

रुपन्देही, चैत ११-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न भन्नुभएको कुरामा सत्यता नरहेको बताएका छन् । शनिबार कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई कुनै मन्त्री भन्दा पनि नेपाली कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने विषय प्राथमिकतामा रहेको बताएका छन् ।

उनले भने, ‘केही साथीहरु भ्रममा पर्नुभयो जस्तो लागेको छ, मलाई कसैले बोलाएर केही भनेको छैन । मलाई आजसम्म कसैले बोलाएर केही दिएको छैन । मैले जे पाएको छु,लडेर पाएको छु । साथीहरुको माया र शुभेच्छाले अगाडि बढेको छु ।’

८ लाख पार्टी सदस्य भएको र ३ सय वटा स्थानीय सरकारको नेतृत्व गरिरहेको नेपालको ठूलो पार्टी रहेको नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्ने उनले बताए । उनले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताए । उनले २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>