अन्तर्राष्ट्रिय

फ्रान्सका राष्ट्रपतिले टेलिभिजन अन्तर्वार्तामा ‘महंगो’ घडी फुकालेपछि……

Banner

पेरिस, चैत ११

गत साता संसदबाट विश्वासको मत पाएका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंको टेलिभिजन अन्तर्वार्ताको एउटा भिडिओ क्लिप अहिले भाइरल भइरहेको छ।

फ्रान्समा अवकाश पाउने उमेर ६२ बाट ६४ वर्ष पुर्‍याउने म्याक्रोंको निर्णयको विरोध गर्दै देशभरि लाखौं मानिसहरूले प्रदर्शन गरिरहेका बेला म्याक्रोंले उक्त निर्णयको बचाउ गर्दै टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए।

द गार्डियनका अनुसार अन्तर्वार्ताको सुरूदेखि केही समयसम्म बायाँ हातमा घडी लगाएका म्याक्रोंले पछि टेबलमूनि हात लिएर घडी फुकाल्छन्। त्यसपछि उनको बायाँ हातको नाडी खाली देखिन्छ।

आलोचकहरूले उक्त भिडिओ क्लिप राखेर म्याक्रों धनीहरूका राष्ट्रपति भएको बताएका छन्। निकै महंगो मूल्य पर्ने उक्त घडी उनले दर्शकले देखेर आफ्नो आलोचना नगरून् भनेर फुकालेको उनीहरूको दाबी छ।

म्याक्रोंले लगाएको उक्त घडीको मूल्य कति पर्छ भन्ने यकिन छैन। तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यसको मूल्य ८६ हजार अमेरिकी डलर पर्ने दाबी गरेका छन्।

केहीले भने बेल एन्ड रोस कम्पनीले बनाएको उक्त घडीको मूल्य २६ सय डलरसम्म मात्र पर्ने बताएका छन्।

फ्रान्सेली राष्ट्रपति कार्यालयले भने म्याक्रोंले हात हल्लाउँदा घडी टेबलमा ठोक्किएर आवाज आएकाले अन्तर्वार्ताको बीचमै घडी फुकाल्नु परेको स्पष्टीकरण दिएको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>