चितवन विशेष
तरुण दल चितवनको अध्यक्षमा राजन ताम्राकार मनोनित
०

चितवन, चैत ११–
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल चितवनको अध्यक्षमा राजन ताम्राकार मनोनित भएका छन् । तरुण दल केन्द्रीय कार्यालयले ताम्राकारको अध्यक्षतामा २३ सदस्यिय चितवन जिल्ला कार्य समिति गठन गरेको छ ।
तरुण दल चितवनको उपाध्यक्षमा निरञ्जन सुवेदी र प्रमिश राई मनोनित भएका छन् । तरुण दल चितवनसँग समन्वय र छलफल गरी तरुण दल केन्द्रीय कार्यालयको अभिलेख बमोजिम नयाँ समिति गठन गरिएको तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले बताए ।
कांग्रेसको विभिन्न समितिमा निर्वाचित भएका तरुणका पदाधिकारी तथा सदस्यलाई पार्टीको जिम्मेवारीम मात्रै रहेर काम गर्न सहज होस् भन्ने उद्देश्यले दोहोरो जिम्मेवारीबाट मुक्त गरिएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>