चितवन विशेष

चितवनका थारु समुदायले मनाउने ‘फगुवा’को भिडियो डकुमेन्ट्री सार्वजनिक (भिडियो)

Banner

चितवन, चैत १०–

चितवनको भूमिपुत्रको रुपमा थारु समुदायलाई लिइन्छ । थारु समुदायको आफ्नै भाषा, सँस्कृति, चाडपर्व, रितिरिवाजहरु रहेका छन् । थारु समुदायले मनाउने विभिन्न पर्वहरु मध्ये एक हो फागुवा (होली) । नेपालीमा फागु पूर्णिमा भनेर चिनिने रंगहरुको पर्वलाई थारु र मैथिली भाषामा फागुवा भनिन्छ । चितवनका थारु समुदायले यस पर्वलाई विशेष रुपमा मनाउने गरेका छन् । यही पर्वलाई युवाहरुले भिडियो डकुमेन्ट्रीको रुपमा प्रस्तुत गरेका छन् । अरुण आर्यन चौधरीले निर्माण गरेको ‘फगुवा’ डकुमेन्ट्री झुम्की प्रोडक्सन मार्फत शुक्रबार साँझ रिलिज गरिएको छ ।

भिडियोमा मिस थारु २०२२ अस्मिता चौधरीलाई फिचर्ड गरिएको छ । यस डकुमेन्ट्रीको कथा र निर्देशन रुपेश चौधरीले गरेका छन् । सिनेमाटोग्राफर निरज चरन देव महतो र सम्पादन जित महतोले गरेका छन् । पोष्ट प्रोडक्सन निम्तो इभेन्ट्सले गरेको छ । थारु समुदायको महान चाड फगुवामा फागु पूर्णिमाको बेलुका हरेक थारु गाउँमा चीर बनाएर जलाउने गरिन्छ । त्यसलाई थारु भाषामा “समत लेसे” भनिन्छ । त्यसको अर्को दिन सबेरै समत पोलेको खरानी उडाउने र खरानीकै टीका लगाएर फगुवा मनाउने गन्छि । त्यस दिनलाई धुरहेरी भनिन्छ । यीनै विषयवस्तुलाई समेटेर भिडियो डकुमेन्ट्री निर्माण गरिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>