Breaking News
सबैभन्दा बढी साक्षरता दर हुने जिल्लामा चितवन पाँचौं
०

चितवन, चैत १०–
सबैभन्दा बढी साक्षरता दर हुने जिल्लामा चितवन पाँचौं स्थानमा परेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार साक्षरता दर बढी हुने जिल्लामा कास्की पछि चितवन पाँचौंमा रहेको छ ।
चितवनको साक्षरता दर ८३.६८ प्रतिशत रहेको छ । जसमध्ये पुरुष ८८.९१ र महिला ७८.७४ प्रतिशत रहेका छन् । साक्षरता दर बढी हुनेमा पहिलो स्थानमा काठमाडौं जिल्ला रहेको छ । काठमाडौंको साक्षरता दर ८९.२३ प्रतिशत रहेको छ । यस्तै दोस्रो स्थानमा रहेको ललितपुरको ८८.०८ प्रतिशत, भक्तपुर ८७.९६ प्रतिशत र कास्की जिल्लाको ८७.७३ प्रतिशत रहेको छ ।
यस्तै कम साक्षरता दर हुने जिल्लामा पहिलो नम्बरमा रौतहट रहेको छ । जहाँको साक्षरता दर ५७.७५ प्रतिशत रहेको छ । महोत्तरीको ५९.७७ प्रतिशत, सर्लाहीको ६०.३१ प्रतिशत, हुम्लाको ६३.८४ प्रतिशत र बाराको ६४.५४ प्रतिशत रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>