Breaking News
सबैभन्दा धेरै जनसंख्या भएको महानगर मध्ये भरतपुर तेस्रोमा, कति पुग्यो भरतपुरको जनसंख्या ?

चितवन, चैत १०–
सरकारले राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिकाहरु मध्ये चितवनको भरतपुर महानगरपालिका तेस्रो स्थानमा रहेको छ ।
तथ्यांक अनुसार पहिलो स्थानमा रहेको काठमाडौँ महानगरपालिकामा ८ लाख ६२ हजार ४०० जनसंख्या रहेको छ । दोस्रो स्थानमा पोखरा महानगरपालिका रहेको छ । जहाँको जनसंख्या ५ लाख १३ हजार ५०४ रहेको छ । तेस्रो स्थानमा भरतपुर महानगरपालिका रहेको छ । यहाँ कुल जनसंख्या ३ लाख ६९ २६८ रहेको छ । भरतपुरमा कुल परिवार संख्या ९६ हजार ५९१ रहेको छ । भरतपुरको जनसंख्यामा पुरुष १ लाख ७८ हजार ८९७ रहेको छ भने महिला १ लाख ९० हजार ३७१ रहेको छ ।
यस्तै ललितपुर महानगरपालिका जनसंख्याको हिसाबले चौथो स्थानमा रहेको छ । यहाँ २ लाख ९४ हजार ९८ जनसंख्या रहेको छ । पाँचौं स्थानमा भारतसंग जोडिएको वीरगञ्ज महानगरपालिका रहेको छ । यहाँ २ लाख ७२ हजार ३८२ जनसंख्या रहेको छ ।
यस्तै सबैभन्दा कम जनसंख्या भएको नगरपालिकामा क्रमशः डोल्पाको ठुली भेरी नगरपालिका, डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका, संखुवासभाको मादी नगरपालिका, तेह्रथुमको लालिगुराँस नगरपालिका र संखुवासभाको धर्मदेवी नगरपालिका रहेका छन् ।